सुलक्षण भारतीको मुख्य अभिनय रहेको फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ मा प्रदर्शन हुने

फिल्मी फण्डा। पछिल्लो समयको चर्चित फिल्म बोक्सीको घरको लेखक तथा निर्देशक सुलक्षण भारतीको मुख्य अभिनय रहेको फिल्म  ‘बाटोः रोड टु डेथ’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण संस्था काठमाडौँ फिल्मस्को अनुसार फिल्म आगामी जेठ ३२ बाट सार्वजनिक प्रदर्शनमा आउन  लागेको हो । 

फिल्मको निर्देशक मदन थापा र छायाकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायाकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा स्थापित व्यक्तित्व हुन् ।

भारतको चेन्नाइमा प्राविधिक कार्य गरिएको यो फिल्म नेपाली, अङ्ग्रेजी, तमिल तथा हिन्दी गरी चार भाषामा तयार हुनेछ ।

फिल्ममा सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौँ फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौँ तथा गाईघाटमा छायाङ्कन भएको फिल्म डब्बी एटमस साउन्डमा तयार पारिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech