प्रकाश सपूतले आफ्नै अभिनय,लेखन र निर्देशनमा फिल्म ‘वसन्त’बनाउने, नायिकाको रुपमा स्वस्तिमा

फिल्मी फण्डा । गायक, सङ्गीतकार, मोडल तथा अभिनेता प्रकाश सपूतले  फिल्म बनाउने भएका छन् । उनले गलबन्दी प्रोडक्सनको ब्यानरमा फिल्म ‘वसन्त’निर्माण गर्न लागेका हुन ।   

यस फिल्मलाई सपूत आफैले अभिनय, निर्माण र निर्देशन गर्न लागेका छन् । उनको यो पहिलो निर्देशकिय डेब्यु फिल्म हो ।

आइतबार एक प्रत्रकार सम्मेलनको आयोजना गरिँदै टिजर सार्वजनिक गरेर उनले फिल्मको  घोषणा गरेका हुन । फिल्ममा संगीत पनि उनैकै रहने छ । 

फिल्ममा सपूतको जोडीका रुपमा नायिका स्वस्तिमा खड्का छिन् । आगामी दशैंपछि छायांकन गर्ने तयारी गरिएको फिल्म ‘बसन्त’का कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन हुन् भने सहनिर्देशक सुनिल विक हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech