‘होस्टेल ३’ को मुख्य भूमिकामा  ‘कुल ब्वाई’

फिल्मी फण्डा । फिल्म ‘होस्टेल’को  तेस्रो सिरिज बन्ने भएको छ । यसपटक भने यो फिल्मको मुख्य भूमिकामा ‘कुल ब्वाई’को नामबाट चिनिएका पारस बम अनुबन्धित भएका छन् । सशान कँडेलको निर्देशनमा बन्न लागेको यो फिल्ममा पारस पनि मुख्य पात्रको भूमिकामा देखिदैछन् ।

उनी, टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रुपमा चर्चित छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाहरूको विभिन्न घटनामा आधारित रहेर यो फिल्म बन्न लागेको हो । 

यो फिल्मका मुख्य कलाकार पारसले ‘कान्छी कता हिँडेको, बुबाको नाक होस्’ जस्ता गीत गाएका छन् । 

निर्देशक सशानकै कथा रहेको फिल्मलाई यो बर्षको अन्त्यतिर रिलिज गर्ने योजना निर्माणपक्षको छ । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा तयार पार्न लागेको फिल्ममा शिशिर ज्ञवालीको लगानी रहनेछ ।

शंकर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा सुधा महरठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माताको रुपमा छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech