मेकअप म्यान अशोक रोक्का र दृश्य सम्पादक नरेन्द्र खड्कालाई ‘लाइफ टाइम अवार्ड’ मार्फत सम्मान गरिने 

फिल्मी फण्डा । घरेलु फिल्मका वरिष्ठ श्रृंगारकर्ता अशोक रोक्का र दृश्य सम्पादक नरेन्द्र खड्कालाई सातौं एलजी सिने सर्कल अवार्डमा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

जेठ १८ गते राजधानीमा आयोजना हुने समारोहमा यी दुई फिल्मकर्मीलाई प्रतिव्यक्ति ५१ हजार नगद र सम्मान पत्रसहित लाइफटाइम अवार्ड प्रदान गर्न लागिएको हो ।

रोक्काले एकसय भन्दा बढी फिल्ममा मेकअप म्यानको रुपमा कार्य गरिसकेका छन् । ज्वाला, ठुल्दाई, आफ्नो मान्छे, अल्लारे, चाँदनी, अर्जुन, दोबाटो, नेपाल प्यारो छ, १६ बर्षे जोवन, आघात, करण अर्जुन, धर्मात्मा, ईश्वर, आदिकवि भानुभक्त, नासो, मायाजवार, आन्दोलन, क्लासिक, काउसो, नाई नभन्नु ल, सौभाग्य, माया गर ल, चिनो, निर्भय, कर्णवीरमा उनले काम गरेका छन् ।

वरिष्ठ फिल्म सम्पादक खड्काले कलेज अफ फिल्म स्टडीजको संस्थापक प्रिन्सिपलको रुपमा काम गरेका छन् । यसबाहेक उनले शान्तीदीप, सारंगी, मोहनी, चट्याङ, राजमति, छोरा बुहारी, भानुभक्त, वसन्ती, चमेली, घरसंसार लगायत पाँच दर्जनभन्दा बढि फिल्ममा सम्पादन गरेका छन् ।

अवार्डमा यसअघि कला निर्देशक जुंगे भट्टराई, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक किशोर राना, मेकअप म्यान सन्तु तामाङ, भान्से जेठा दाईलाई लाइफटाइम अवार्ड प्रदान गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech