प्रभासको फिल्म  ‘सलार २’ को छायांकन यसै महिनादेखि हुने 

फिल्मी फण्डा। प्रभासको फिल्म  ‘सलार २’ को छायांकन यसै मे महिनाको अन्त्यदेखि सुरु हुने भएको छ । फिल्ममा प्रभास र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा देखिनेछन् । सुपरस्टार प्रभास र निर्देशक प्रशान्त नीलको जोडीले फिल्म ‘सलार’बाट ठूलो चर्चा कमाएको थियो ।

फिल्मको पहिलो भागले विश्वभर ६०० करोड भारुभन्दा बढी कमाएको थियो । फिल्ममा सुकुमारनको अभिनयलाई दर्शकले रुचाएका छन् । दोस्रो भागको छायांकन हैदराबादको रामोजी फिल्म सिटीमा १० दिनको तालिकासहित सुरु हुँदैछ ।

पहिलो भागको प्रतिक्रियाका आधारमा सिक्वेलको स्क्रिप्ट तयार गरिएको हो । निर्माता यसको मेकिङसँग सन्तुष्ट रहेको बुझिएको छ । दोस्रो श्रृंखलामा प्रभास र पृथ्वीराजबीचको प्रतिस्पर्धामा कथा बुनिएको छ । अघिल्लो भागमा यी दुई घनिष्ट मित्र थिए ।

होम्बाले फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको मुख्य भाग यसैवर्ष छायांकन हुने समाचारमा जनाइएको छ । बाँकी भागलाई सन् २०२५ मा छायांकन गरिनेछ ।

अहिले यो फिल्ममा नयाँ कलाकारलाई कास्ट गर्ने तयारीमा निर्माता छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech