अनमोल र जसिताको फिल्म ‘फर्की फर्की’को नयाँ गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । अनमोल र जसिताको फिल्म ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक भएको छ । ‘फर्की फर्की’ सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो । 

गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समेटेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङको प्रेम वियोग देखाइएको छ । अनमोल र जसिताको प्रेममा असमझदारी आएपछि उत्पन्न हुने परिस्थितिलाई यो गीतको भिडियोमा देखाउने कोसिस गरेको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् । मोती कार्की र अनि रुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् ।  

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech