फिल्मी फण्डा । बहुप्रतिक्षित फिल्म ‘कृष–४’ बन्ने भएको छ । ‘कृष’ मा बलिउड अभिनेता ऋतिक रोशनले कृषको भूमिका निर्वाह गर्दै आएका छन् ।
उनी फिल्ममा सुपरहिरोको भूमिकामा छन् । कृष भारतको चर्चित सुपरहिरो फिल्ममा पर्दछ । भारतमा मात्रै नभएर विदेशमा यो फिल्मप्रति दर्शकको क्रेज धेरै छ ।
दर्शकहरु कृष ४ कहिले हलमा आउँला भनेर कुरिरहेका छन् । हालै फिल्म निर्माताहरूले कृष–४ बारे पछिल्लो अपडेट दिएका छन् । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार फिल्म निर्देशक राकेश रोशन र सिद्धार्थ आनन्दले फिल्मको प्रि–प्रडक्शनको काम शुरु गरेका छन् ।
फिल्मको स्क्रिप्टमा घमाधम काम भइररहेको बताइएको छ । रचनात्मक आइडियाहरूको साथमा स्क्रिप्टमा द्रुत गतिमा काम भइरहेको बताइएको छ ।