काठमाडौं । नेपाली भाषाको ‘मनसरा’ र हलिउडको ‘द फल गाइ’ आजदेखि फिल्म हलमा रिलिज भएका छन् । घरेलु बक्स अफिसमा ‘बोक्सीको घर’को दबदबा जारी रहँदा यी दुई फिल्म प्रदर्शनमा आएका हुन् ।
१३९ मिनेट रनटाइमको यो फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानको शीर्ष भूमिका छ । ‘जारी’ फेम्ड निर्देशक सुब्बाको यो दोस्रो कथानक फिल्मलाई सोसलड्रामा जनरामा राखिएको छ ।
डेभिड लिच निर्देशित हलिउड फिल्म ‘द फल गाइ’ पनि शुक्रबारदेखि नेपालमा रिलिज भएको छ । रायन गोस्लिङ, एमिली ब्लन्ट, हन्ना वडिङ्हम स्टारर यो फिल्मले एक स्टन्टम्यानको कथा भन्छ जसले हराएको आफ्नी पूर्वप्रेमिकाको ब्लकबस्टर फिल्मको स्टारको खोजी गर्नुपर्छ ।