फिल्मी फण्डा। निर्देशक एसएस राजामौलीले बाहुबलीको एनिमेटेड सिरिज बनाउने भएका छन। निर्देशक एसएस राजामौलीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट जारी गर्दै यो सिरिजको घोषणा गरेका हुन् । यस सिरिजको नाम ‘बाहुबली द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड सिरिज हुनेछ ।
राजामौलीले आफ्नो एक्स अकाउन्टमा भिडियो शेयर गरेर यो जानकारी दिएका छन् । यो भिडियोको ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ । ‘जब महिष्मतिका मानिसहरू उनको नाम जप्छन् तब ब्रह्माण्डको कुनै शक्तिले उनलाई फर्किनबाट रोक्न सक्दैन ।’
भिडियो शेयर गर्दै राजामौलीले लेखेका छन् । एनिमेटेड सिरिज ‘बाहुबली क्राउन अफ ब्लड’ को ट्रेलर चाँडै आउँदैछ ।