अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फिल्म ‘लेबर’ निर्माण घोषणा

फिल्मी फण्डा । फिल्म ‘लेबर’ निर्माणको घोषणा गरिएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पूर्णेन्दु के झाले फिल्मको घोषणा गरेका हुन् ।

राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पूर्णेन्दु प्रोडक्सन प्रालि र अरिपन फिल्मस प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने छ। फिल्मले बिदेसिन बाध्य नेपाली कथालाई प्रस्तुत गर्नेछ । 

काठमाडौँको सुनधारास्थित सिटिसी मलमाको सिने डी सेफमा आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत  सार्वजनिक भयो । फिल्म मैथिली भाषामा तयार हुनेछ भने नेपाली र भोजपुरीमा स्वराङ्कन हुनेछ । 

सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झाले नरेश मिश्रासँगको सहकार्यमा लेखेका हुन् । 

उत्पल झा, रामभजनकामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारी लगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै छनौट हुनेछ । 

फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech