आर्यन,प्रदीप र पल अभिनित फिल्म  ‘पुजार सार्की’को नयाँ गीत ‘रिमै’सार्वजनिक 

फिल्मी फण्डा ।  फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक भएको छ । 

फिल्ममा पुजारीको चरित्र निर्वाह गरेका आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको अन्तरजातीय प्रेम कथा चित्रण गरिएको छ । साथै, प्रदीप खड्का र परीक्षा लिम्बूको अन्तरजातीय प्रेमकथा पनि गीतमा प्रस्तुत छ ।

दोधारमा परेका पल शाह पनि फिचर्ड छन् । गीतमा दिनेश राउतको शब्द रचना र सुवास भुसालको संगीत छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर छ ।
 विकास सुवेदीले कथा लेखेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

 सुवास भुसालले निर्माण गरेको यो फिल्म जेठ १० गतेबाट प्रदर्शनमा आउने  तयारीमा छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech