विराजको ‘१२ गाउँ’मा छोरा समीर र मोडल सनिशा मुख्य भूमिकामा 

फिल्मी फण्डा । अभिनेता बिराज भट्टले निर्माण गर्न लागेको फिल्म  ‘१२ गाउँ’को अभिनेत्रीको रूपमा सनिशा भट्टराई छनौट भएकी छिन् । फिल्मको निर्देशन पनि भट्टले नै गर्न लागेका हुन् । भट्टले आफ्नो फिल्ममा सनिशा मुख्य कलाकारको रूपमा भित्रिएको जानकारी दिए ।

उनले सनिशासँगको केही तस्बिर सेयर गर्दै सामाजिक संजालमा भनेका छन्, ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र भट्टकै छोरा समीर पनि मुख्य भूमिकामा देखिँदै छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech