फिल्मी फण्डा । पछिल्लो समयकी चर्चित मोडल जिसु कोइरलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर रहेको 'एउटा खुशी' बोलको नयाँ गित सार्वजनिक भएको हो ।
गितको शब्द किरण के उप्रेतीले लेखेका हुन भने सङ्गीत ज्ञानेन्द्र गिरीको रहेको छ । जिसु कोइरालाको साथमा विक्रम बुढाथोकीको अभिनय रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन ।
भिडियोको रङ्ग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भीम धितालको आफ्नै च्यानल बाट सार्वजनिक गरेको भिडियोलाई राजीव समर र भीम धितालले निर्देशन गरेका हुन् ।