सहकारी ठगीको कथामा खजुरे ब्रो’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा रियर राई, महेश त्रिपाठी, नीति शाह र नवीन मानन्धरको शीर्ष भूमिका रहेको छ । ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रण गरिएको छ । खजुरे ब्रो नामक पात्रको रोलमा रियर देखिएका छन् ।

फिल्मको ट्रेलरमा  एक सहकारी संकटमा फसेको  र सहकारीविरुद्ध मान्छेले प्रदर्शन गरेको मुख्य रुपमा देखाइएको छ । ‘षडंग’ फेम्ड निर्देशक सुरज सुनुवारको यो दोस्रो निर्देशकीय फिचर हो । यो फिल्म वैशाख २८ गतेबाट प्रदर्शन तयारीमा छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech