तिलक रामदामको "जाली रुमालैमा" सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  तिलक रामदामको "जाली रुमालैमा" बोलको नयाँ गित सार्वजनिक भएको छ ।

दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ । भिडियोमा जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ ।  त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै अलमल पनि परे जस्तो, दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन् । 

रामदामको शब्द सङ्गीत  सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत  सम्योजन राजु सोनामले गरेका छन् भने रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि ल्याईसकेका छन् ।https://youtu.be/H4SjlwLv2DI?si=N3V31OP-bAHLvxjy

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech