असार १४ गतेदेखि फिल्म ‘आँखा’ प्रदर्शनमा आउने

फिल्मी फण्डा । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको फष्टलुकसँगै थिम पोस्टर सार्वजनिक गर्दै असार १४ गतेलाई प्रदर्शन मितिको रूपमा बाहिर ल्याएको हो ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन् । आरआर फिल्मसले फिल्मको वितरण गर्न लागेको हो । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतको अभिनय छ । फिल्ममा बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।

स्मिता लामिछाने निर्माता रहेको फिल्मको सम्पादन कृष्ण भण्डारी र निर्देशक योन्जनले मिलेर गरेका छन् । आलोक शुक्लाको छायाङ्कन रहेको फिल्ममा संगीत दीपक आरजेको छ भने द्वन्द्व रेवन्त विक्रम थापाले दिएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech