फिल्मी फण्डा । फिल्म ‘ज्वाइँ साब’ को वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कन सुरु हुन केही दिनअगाडि वर्कसप सुरु गरेको हो ।
वर्कसपमा फिल्ममा मुख्य कलाकारको रूपमा देखिने जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन् । फिल्ममा रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको छ ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायाङ्कन वैशाखको अन्तिम साताबाट सुरु हुन लागेको हो । फिल्मको छायाङ्कन उपत्यका बाहिर हुनेछ ।
मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ ।