ऋषिराज आचार्यको फिल्म ‘द्रौपदी’ को ४४ दिनमा सकियो छायांकन 

फिल्मी फण्डा ।लेखक तथा निर्देशक ऋषिराज आचार्यको फिल्म ‘द्रौपदी’को सुटिङ ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हूत गर्दै छायांकन थालेको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।

अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् । करिब चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइएको ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ‘सुवास’ ठडराई , प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ । 

मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech