फिल्मी फण्डा । हिजोबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’को दर्शकबाट माग बढेपछि प्रदर्शकले शो थपेका छन ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएको ‘बोक्सीको घर’ आज धेरै हलमा हाउसफूल भयो । ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भए । अन्य हलमा पनि आज यो सिनेमाकाधेरै शो हाउसफूल भए । हाउसफूल नभएका हलमा पनि सिनेमामा उच्च अकुपेन्सी थियो ।
बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो।
नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ७,एफक्यूबले ७ , वानसिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूेल पनि उच्च शो प्रदान गरेका थिए ।
अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएको ‘बोक्सीको घर’ले शनिबार ३८ शो पाएको छ । यसमध्येललितपुरको लाबिम मलले मात्रै ९ वटा शो प्रदान गरेको छ । सिभिल मलमा ८ शो पाएको छ । लाबिमका शनिबारका अधिकांश शो आजै फाष्ट फिलिङमा गएका छन् । केही शो हाउसफूल हुने क्रममा छन् । सिभिलमा पनि राम्रो अकुपेन्सी देखिएको छ ।
यो सिनेमाले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ । जब कि टिकट बुकिङ खुल्दा शुक्रबारलाई ३२ शोदिएको थियो । भोलि क्यूएफएक्समा आउटलेटमा यो सिनेमा ८० शोज पाउनेछ । जबकी आज ५६ शो पाएको थियो । आजभन्दा २४ शो धेरै भोलिलाई पाएको छ । अझै शो थपिनेक्रम जारी छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् । केकी यो सिनेमाकी निर्मात्री पनिहुन् ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरेकार्यकारी निर्माता हुन् । सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनयछ ।