उत्कृष्टको चर्चा र उच्च शोसहित आजबाट हलमा  ‘बोक्सीको घर’

फिल्मी फण्डा । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म  ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । आजबाट यो सिनेमा देशभरका हलमा प्रदर्शनमा आएको हो ।

सिनेमामा केकी अधिकारी, सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् । 

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । अन्य हलले पनि उच्च शो दिएका छन् ।

प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेकोले दर्शकले पनि सिनेमा रुचाउने निर्माण पक्षको अनुमान छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech