छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख 

फिल्मी फण्डा । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँने भएका छन । यो एक्सन–थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन–प्याक्ड भूमिकामा देख्न सकिनेछ ।

यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

यो फिल्ममा शाहरुख लामो कपाल र दाह्रीको साथ देखिनेछन् । यसवर्षको सेप्टेम्बरमा फिल्मको छायांकन सुरु हुँदासम्म शाहरुखले प्रशंसकलाई नयाँ लुकसहित सरप्राइज दिनसक्छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech