सौगात मल्ल अभिनित फिल्म ‘भाइरल गोर्खे’को  लम्जुङबाट छायांकन सुरु

फिल्मी फण्डा । कमेडी जनरामा निर्माण हुने फिल्म ‘भाइरल गोर्खे’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन  मंगलबारबाट लम्जुङको भुजुङ गाउँदेखि सुरु भएको हो ।

छायांकन अगाडि फिल्मको मुर्हूत गरिएको थियो । निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकार सौगात मल्ल, लक्ष्मी गिरीलगायतको मुर्हूतमा उपस्थिति थियो ।

सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथा विषय बनाइएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech