फिल्मी फण्डा । फिल्म निर्देशक उत्सव केसीले मागी विवाह गरेका छन । उनले बुढानीलकण्ठ–४ लिपिकोटकी दुर्गा भण्डारीसँग शनिबार लगनगाँठो कसेका हुन् ।
नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य रहेका केसीले ‘सिमाना फिल्म र ‘रहरै भो’, ‘अब जे होला होला’, ‘एसिड नट् सोलुसन’, ‘गरिमा’ लगायत टेलिचलचित्र निर्देशन गरेका छन् ।
केसीले थुप्रै म्युजिक भिडियो निर्देशन तथा अभिनय गरेका छन् । उत्सव वरिष्ठ कलाकार उत्तम केसीका ज्येष्ठ सुपुत्र हुन् ।