दीपेन्द्र के. खनालको फिल्म ‘मेयर’को ५१ दिनमा सकियो छायाङ्कन 

फिल्मी फण्डा । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘मेयर’को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको ५१ औँ दिनमा फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए । केही दिनको काठमाडौँ छायाङ्कनपछि सर्लाही पुगेको निर्माण युनिटले सर्लाहीको विभिन्न स्थानमा छायाङ्कन गर्दै फिल्म सकाएका हुन् ।

सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर फिल्म ‘मेयर’ बनाइएको हो ।

फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरेका छन्, भने अभिनेत्री वर्षा राउतले उनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र र वर्षाको अलावा अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यादेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय देख्न सकिनेछ । फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापाले कलाकारको रुपमा डेब्यु गरेका छन् ।

फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा पटकथा महेश दवाडीले लेखेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech