फिल्मी फण्डा । यतिबेला बलिउडका चर्चित अभिनेता सञ्जय दत्त छोरी त्रिशालाबारे दिएको रायका कारण चर्चामा छन् ।
उनले आफ्नी छोरी बलिउडमा काम गरोस् भनेर कहिले पनि नचाहेको सुनाए । सञ्जय दत्तकी छोरी त्रिशाला ३५ वर्षकी भइन् । उनी पेशाले फरेन्सिक वैज्ञानिक हुन् । त्रिशालाले अहिलेसम्म बिहे गरेकी छैनन् ।
जब सञ्जयलाई छोरी त्रिशालाले पनि बलिउडमा डेब्यु गर्न लागेकी हुन् ? के उनी फिल्ममा काम गर्छिन् रु भनेर प्रश्न गरियो, उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘म त्रिशाला चलचित्र क्षेत्रमा प्रवेश गरोस् भन्ने चाहन्न । ऊसँग झन् राम्रो काम छ, कुरा खत्तम । उनी यहाँ आएर बलिउडमा काम गरुन् भनेर म किन चाहन्थे र ?”
त्रिशाला सञ्जय दत्त र उनकी पहिलो पत्नी ऋचा शर्माकी छोरी हुन् । त्रिशाला न्युयोर्कमा आफ्ना हजुरबुवा र हजुरआमासँग बस्छिन् । उनको सम्पूर्ण शिक्षा र पालनपोषण विदेशमा भएको थियो ।