केपी ओलीको घाँटीमा समस्या देखिएपछि रोकियो  ‘नमेटिने घाउ’ को सुटिङ

फिल्मी फण्डा । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिनय रहने फिल्म ‘नमेटिने घाउ’को निर्धारित सुटिङ कार्यक्रम रद्द भएको छ ।  

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा ओलीको सुटिङ हुने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको हो । 

ओलीको घाँटीमा समस्या देखिएकाले उनको अभिनयको सुटिङ शुक्रबार हुन नसकेको र अर्को कार्यक्रम वैशाख ११ गतेका लागि तय गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech