फिल्मी फण्डा । भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ । प्रियङ्काले माइक्रोब्लगिङ वेबसाइट एक्समा शेयर गरेको यो तस्बिर हेर्दा सुटिङको क्रममा उनी घाइते भएको देखिन्छ ।
एक्सन फिल्महरूमा प्रियङ्काले जमेर एक्सन गरेको देख्न सकिन्छ । हालैको यो तस्बिर हेर्दा उनी सुटिङका क्रममा घाइते भएको जस्तो देखिनछ । तस्बिरमा उनको अनुहारमा रगत देखिएको छ । अभिनेत्री अहिले फ्रान्समा एक फिल्मको सुटिङमा छिन् । उनले बेला बेलामा पर्दा पछाडिका भिडियो र तस्बिर पनि शेयर गरिरहेकी छिन् ।