बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको ९८ करोड भारुको सम्पत्ति जफत

फिल्मी फण्डा। बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति एवं व्यवसायी राज कुन्द्रालाई  भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले  कारवाही गरेको छ ।

ईडीले बिहीबार शिल्पा दम्पतीको ९८ करोड भारु मूल्य पर्ने सम्पत्ति जफत गरेको छ । ६ हजार ६०० करोड भारुको बिटक्वाइन पोन्जी घोटालाको मामलामा यो कारवाही गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जफत गरिएको सम्पत्तिमा पुनेको बंगला र इक्विटी सेयर पनि समावेश छ । यो मुद्दामा आरोपितलाई बिटक्वाइनको प्रयोगमार्फत लगानीकर्तालाई पैसा ठगी गरेको भनिएको छ । प्रतिमहिना १० प्रतिशत फिर्ता दिने झुटो आश्वासन दिएर बिटक्वाइनका नाममा सर्वसाधारणबाट ठूलो रकम असुलेको आरोप शिल्पा दम्पतीमाथि छ ।

प्रवर्द्धकले लगानीकर्तालाई धोका दिएर अनलाइन वालेटमा अवैध रूपमा प्राप्त बिटक्वाइन लुकाउँदै आएको ईडीको आरोप छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech