पुष्पा–२ ले रिलिजअघि नै  कमायो  ‘फाइटर’ले कमाएको भन्दाबढि

फिल्मी फण्डा । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा–२ द रुल’ यो वर्षको सर्वाधिक चर्चित फिल्म मध्ये एक हो । हालै यस फिल्मको टिजर रिलिज भएको थियो । साडीमा अल्लुको एक्शन अवतार देखाईएको छ ।  रिलिज अगावै मेकरहरूले फिल्मका लागि ठुल्ठुला सम्झौता गरिरहेका छन् ।

फिल्म अगस्ट १५ मा हलमा आउने तयारीमा छ । ठुलो पर्दामा रिलिज हुनुअघि नै फिल्म नयाँ कीर्तिमान बनाइरहेको देखिन्छ । मिडिया रिपोर्टका अनुसार हिन्दी फिल्म उद्योगका ठुला वितरकहरू मध्येका एक अनिल थडानीले पुष्प २ः द रुलका निर्माताहरूसँग २०० करोड भारुको सम्झौता गरेका छन् ।

सम्झौता अनुसार एए फिल्म्सले उत्तर भारतीय क्षेत्रमा यो फिल्म रिलिज गर्नेछ । दक्षिण भारतीय फिल्मले हिन्दी बेल्टमा पाएको यो सबैभन्दा ठुलो अग्रिम रकम भएको बताइएको छ । यो रकम ऋतिक रोशन र दिपिका पदुकोणको फिल्म फाइटरले भारतीय बक्स अफिसमा कमाएको रकम हाराहारी हो ।

 पुष्प २ः द रुल सुकुमारले निर्देशन गरेका हुन् । चलचित्रलाई मैत्री मुभि मेकर्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा देवी श्री प्रसादको संगीत रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech