बालगायक अशोक दर्जी फिल्मको हिरोमा डेब्यु गर्दै, ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ नामक फिल्म बन्ने 

फिल्मी फण्डा। भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यही गीतको बोल ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको छ । सङ्गीतकार टंक बुढाथोकीले यही नामबाट फिल्म घोषणा गरेका हुन् ।

फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन् । छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् ।

फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् । अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाई छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech