अनमोल र जसिताको फिल्म  ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 

फिल्ममा अनमोल र जसिताको अलवा समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्म रोहित अधिकारी फिल्मसले ओएसआर डिजिटलसँग सहकार्य गरेर बनाएको हो । गणतन्त्र दिवसको अवसर पारेर अगामी जेठ १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् । 

निर्माता अधिकारीकै कथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech