‘मुन्नाभाइ ३’ बनाउँदै  ‘टुवेल्थ फेल’का  निर्देशक विधु विनोद चोपडा

फिल्मी फण्डा । विधु विनोद चोपडाको फिल्म ‘टुवेल्थ फेल’ले भारतीय हलमा रजत जयन्ती पूरा गर्‍यो ।  चोपडाले आजको समयमा कुनै पनि फिल्मको रजत जयन्ती पूरा हुनु आफैंमा ठूलो कुरा भएको बताए । पछिल्लो फिल्मको अभूतपूर्व सफलतापछि निर्देशक चोपडाले आगामी फिल्मबारे महत्वपूर्ण अपडेट दिएका छन् ।

उनले मिडिया अन्तर्वार्तामा ‘मुन्नाभाइ ३’ को बारेमा जानकारी दिए । यो फिल्मको लेखन भइरहेको र बन्ने निश्चित भएको उनले बताए ।

‘म तपाईंलाई एउटा रोचक कुरा बताउँछु । १८ सातामा मैले पीभीआरका मान्छेलाई फोन गरें । मैले उनलाई फिल्म अहिले नै निकाल्न भनें, किन चलाउन जबरजस्ती गर्दै हुनुहुन्छ । उनीहरुले फिल्म हेर्न दर्शक आउँदैछन्, त्यसैकारण चलाएको बताए,’ चोपडाले भने, ‘यो सुनेर म खुसी र अचम्मित दुवै भएँ । आजको समयमा कुनै पनि फिल्मले रजत जयन्ती पूरा गर्दैन । ओटीटीमा फिल्म कति हप्ता चलेको छ त्यो पनि हेर्नुहोस् ।’

उनले भने, ‘आज पनि मानिसले त्यो जादुयी अँगालो बिर्सन सकेका छैनन् । त्यसैले अब हामी केही नयाँ ल्याउनेछौं ।’ सन् २००३ र २००६ मा रिलिज भएका दुवै फिल्मका श्रृंखला हिट भएका थिए । सर्किट र मुन्नाको जोडीले बक्स अफिसमा हलचल मच्चाएको थियो ।

‘ट्वेल्थ फेल’ पनि जुलाई महिनामा चीनमा रिलिज हुने निर्देशकले बताए । जापान र दक्षिण कोरियामा पनि रिलिजको सम्भावना रहेको उनको भनाइ छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech