फिल्मी फण्डा । साउथ फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।
फिल्म मिराईमा दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने छ । यतिखेर अभिनेता अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौंमा छन् । काठमाडौंमा फिल्मको छायाँकनका लागि निर्माण नियन्त्रक मनोज जोशीले व्यवस्थापन गरिरहेका छन् ।
फोटो : फाईल तस्वीर