फिल्मी फण्डा – ‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ आजदेखि तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव सुरु भएको छ ।
सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि वैशाख ८ गते शनिवारसम्म रामेछापको रामेछाप नगरपालिका वडा नं.८, रामेछाप बजारस्थित गौरिशंकर उच्च माविमा यो महोत्सव आयोजना हुँदैछ । केही दिनअघि काठमाडौंमा आयोजित महोत्सवको प्री–इभेन्टमा महोत्सवमा सहभागिता जनाएका फिल्महरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाल ग्रामिण चलचित्र महोत्सव विगत तीन वर्षदेखि नेपालका सिनेमा हल नभएका जिल्लाहरुमा गाउँले परिवेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ–गाउँका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने तथा उत्कृष्ट फिल्मलाई अवार्डसमेत प्रदान गरिँदै आएको छ ।
महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र तथा चलचित्र र स्थानिय सरकार विषयमा तीन भिन्न सिनेमा संवाद कार्यक्रममा सञ्चालन गरिँदै छ ।
महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । महोत्सवमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटि रहेको छ । जुरीमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई तथा कुबेरराज गिरि रहेका छन् ।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरिएको थियो ।
नेरुफमा छनोट भएका फिल्महरु
फिचर फिल्म
नाङ्गो गाउँ– दिपेन्द्र लामा
दिमाग खराब– निश्चल बस्नेत
बिच्छेद– सत्यराज चौलागाईँ
सतीदेवी– लक्ष्मण सुवेदी
शर्ट फिल्म
द डार्क बेकन– पवन केसी
सिगरेट– डब्बु क्षेत्री
सिपाईको छोरो– सुरज पौडेल
द ग्रेट मुखिया– असिम पौडेल
डिस्पेयर– शिव पुरी
रित्तो गाउँ– रामजी ज्ञावाली
आमा– परिच्छेद सेन
स्यालुट– अनुपराज राई
अन्तै माया– रणधीर श्रेष्ठ
डकुमेन्ट्री फिल्म
आग्रे– अनिल बुढा मगर
स्नो लेपार्ड– प्रदीप पोखरेल
इट्टा भट्टा– सुरेश डी मुखिया
बनकरिया– लक्ष्मी बस्नेत
भाषिक फिल्म
लिलामे माइला– भिम लामा
माराङ– बुद्धिया एस मगर
स्वयनगु अमृतमान महर्जन