फिल्मी फण्डा । गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।
विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् ।