फिल्मी फण्डा । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ एकसाथ फिल्ममा काम गर्ने भएका छन् । भोलिबाट छायांकनमा जान लागेको फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गर्न लागेका हुन ।
सामाजिक विषयवस्तुका साथै कमेडी कथामा निर्माण हुन लागेको यो फिल्मको छायांकन गोरखामा नै गरिनेछ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ ।
फिल्म ‘भाइरल गोर्खे’लाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । द जीएमआई एकेडेमी र निरभाना फिल्म स्कुलको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ ।