‘प्रेम गीत’को ९ वर्षपछि फेरि सहकार्य गर्दै प्रदीप खड्का र सुदर्शन

फिल्मी फण्डा । अभिनेता प्रदीप खड्का निर्देशक सुदर्शन थापाको नयाँ फिल्ममा अनुबन्धित भएका छन । पारिवारिक कथामा निर्माण हुन लागेको नयाँ फिल्ममा उनीहरुले सहकार्य गर्न लागेका हुन् । 

जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै दिएका छन् । निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’पछि अर्को एक फिल्म गर्ने तयारीमा छन् । फिल्मको नाम अहिले फाइनल भएको छैन । 

सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो । यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech