अल्लु अर्जुनको पुष्पा २ ले नयाँ रेकर्ड राख्ने सम्भावना, १३८ घन्टामा टिजर नै हेरियो ११ करोड २० लाख पटक

फिल्मी फण्डा । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को टिजर रिलिज भएको छ । यो टिजरले दर्शकको अथाह माया पाइरहेको छ । पछिल्लो १३८ घण्टामा पुष्पा २ को टिजरलाई ११ करोड २० भन्दा धेरै भ्यूज मिलेको छ ।

फिल्मको टिजर अल्लु अर्जुनको जन्मदिन अर्थात् यही अप्रिल ८ मा रिलिज गरिएको थियो । त्यसयता यो टिजर युट्युबको ट्रेन्डिङमा छ । फिल्मको टिजरमा अल्लु अर्जुन खुट्टामा घुंघुरु, कानमा झुम्का र नीलो साडी लगाएका देखिन्छन् । उनको यो अवतारलाई दर्शकले रुचाएका छन् । 


पुष्पा २ को यो टिजर युट्युबमा पछिल्लो १३८ घण्टामा ११ करोडभन्दा बढी पटक हेरिएको छ । युट्युबमा टिजरमा अहिलेसम्म डेढ करोडभन्दा बढी लाइक आइसकेको छ । जसले गर्दा पुष्पा दुईले बलिउड बक्स अफिसमा नयाँ रेकर्ड राख्ने सम्भावना भएको फिल्म समिक्षकहरुले बताई रहेका छन । 

अल्लु अर्जुनका फ्यानहरु उनलाई फेरि एकपटक ‘पुष्पा’को अवतारमा हेर्न आतुर छन् । यस फिल्ममा अल्लु जापानी भाषा बोलिरहेको देख्न पाइनेछ । 

फिल्मलाई निर्देशक सुकुमारले बृहत स्तरमा निर्माण गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech