फिल्मी फण्डा । फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउन थालेको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर ५० हलमा मात्र प्रदर्शनरत छ ।
यसले जति शो पाएको छ, उति नै बलियो अकुपेन्सी देखिएको निर्माण टिमले बताएको छ । फिल्म काठमाडौंसहित उपत्यकाबाहिर पनि उतिकै रुचाइएको बताइएको छ । सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका निर्देशक फिडेल देवकोटाको कथावाचन शैली र प्राविधिक पक्षको प्रशंसा भएको छ ।