आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’ को २२ दिनमा सकियो छायांकन

फिल्मी फण्डा । आँचल शर्मा अभिनित फिल्म  ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म पोखराको लामाचौर र आसपासका ठाउँमा २२ दिनको नियमित छायांकन पछि सकिएको हो ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको फिल्मलाई  अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत रूपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech