फिल्मी फण्डा । फिल्म ‘भिजिट भिसा’ निर्माण हुने भएको छ । नयाँवर्ष २०८१ सालको अवसर पारेर शनिबार निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले थिम पोस्टर सार्वजनिक गर्दै फेमिली(सोसल ड्रामा फिल्म बनाउने घोषणा गरेको हो ।
मोती विष्ट प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् । बिराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा छ ।
बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।
फिल्मका लागि निर्देशक र कलाकार भने तय गरिएको छैन । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ ।