फिल्मी फण्डा । फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा देखिने भएका छन् । चकलेटी र रोमान्टिक फिल्ममा देखिएका पल यो पटक एक्सन अवतारमा देखिने भएका हुन ।
फिल्मका लागि पल एक सातादेखि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक्सन सिकिरहेका छन् । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ वैशाखबाट छायाङ्कनमा जाँदै छ ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानर र सुदर्शन थापाको निर्देशन मै फिल्म बन्न लागेको हो । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।