आर्यन,प्रदीप र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक 

फिल्मी फण्डा । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १४ सेकेण्ड लामो टिजरमा २०४६ साल फागुन ५ गतेको अवधिलाई दर्शाइएको छ । 

टिजरमा आर्यन पुजारी र प्रदीप मैतबहादुरको रोलमा छन् । आर्यन एक दृश्यमा भुइँमा लडेर माफी मागिरहेको रुपमा देखिन्छन् । जब प्रदीपले बाजा बजाउँदै गर्दा परिक्षालाई देख्छन्, त्यसपछि उनको मुड र चरित्रमा बदलाव देखिन्छ । पलले बन्दुक पड्काउँदै लखेटेको दृश्य देखिन्छ ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार समेत रहेका सुवास भुषाल निर्माता हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech