नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक 

फिल्मी फण्डा । फिल्म  ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक गरिएको छ ।  सार्वजनिक टिजरमा मित्रता, अहंकार, रोमान्स र संघर्षको कथावस्तु समेटिएको छ । धरान आसपासमा डुलिहिंड्ने ‘खजुरे ब्रो’ पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियो देख्न सकिन्छ ।

यो फिल्म पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको डेब्यु फिल्म हो । केही फिल्ममा डनको भूमिकामा देखिएका नवीन मानन्धर यो फिल्ममा पनि देखिएका छन् । फिल्ममा प्रकाश भुजेल, विपिना थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ ।

अभिनेता मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech