फिल्मी फण्डा । अभिनेत्री ऋचा शर्माको मुख्य भूमिकामा फिल्म ‘सारङ्ग’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म घोषणा भएको हो ।
प्रशान्त तामाङको लेखन तथा निर्देशन रहने फिल्ममा ऋचा शर्मा,उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग केसीका अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय रहनेछ ।
फिल्म बाल मनोविज्ञानको कथामा बन्ने छ । फिल्मका निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखेको ,भोगेको विषयलाई पर्दामा उतार्न लागेको बताए ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको आगामी आइतबार अर्थात् २ वैशाखबाट छायांकन सुरु हुनेछ । डिओपी गोपाल राय, सम्पादन मित्र ध्वज गुरुङको रहने फिल्ममा डिपी खनालका गीत र शंकर थापा ‘स्माइल’का संगीत रहनेछ ।