‘डिग्री माइला’को अग्रिम टिकट बिक्री सुरु, कस्तो गर्ला व्यापार ?

फिल्मी फण्डा । फिल्म ‘डिग्री माइला’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ । हलले फिल्मफाई उच्च शो दिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । देशको ठुलो हल चेन क्यूएफएक्सले ५८ शो दिएको छ । यसमा अझ शो सङ्ख्या थपिने अनुमान छ ।

हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बिहीबारसम्म यो सङ्ख्या अझ बढ्ने देखिन्छ ।

वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेका छन् । फिल्ममा दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका छ ।

यसअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–४’ले रिलिजको पहिलो शनिबार ३ करोड व्यापार गरेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech