फिल्मी फण्डा। फिल्म (द्रौपदी) सुटिङको क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ ।
कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता (द्रौपदी) का लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।
अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरूमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ । फिल्ममा आश्वीनी शाही,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,विष्णु ठडराई (सुवास) , प्रकाश ज्ञवाली,रवि ओड ,सीता बौडेल ,सुरज अधिकारीलगायत कलाकार छन् ।