फिल्मी फण्डा । फिल्म ‘ज्वाइँ साब’को नायिकामा नीति शाह अनुबन्धित भएकी छन् । सोमबार निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच औपचारिक सम्झौता भएको छ । यो फिल्ममा यसअघि जितु नेपाल फाइनल भइसकेका छन् । पहिलोपटक नीति र जितु जोडि बाध्न लागेका हुन ।
फिल्म रेड आई फिल्म्सको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागिएको हो । फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद हुनेछ ।
वैशाखको १५ गतेबाट छायांकन सुरु हुनेछ । प्रदर्शन मिति आगामी तिहारलाई फाइनल गरिएको छ ।