गायक निशान भट्टराईको मोडल ऋचा न्यौपानसँग भयो डिभोर्स

फिल्मी फण्डा । गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासलेसम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech