फिल्मी फण्डा । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको छ ।
पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएका छन् । ओड नेपाल आइडलका विजेता हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।